धान दिवसमा रोपाइ



ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल जिल्ला समन्वय समिति ताप्लेजुङको आयोजनामा धान दिवस मनाइएको हो ।

धान बालीमा सघनता स् खाद्य सुरक्षा र आत्म निर्भरता भन्ने नाराका साथ २२ औं धान दिवस मनाइएको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले बताउनुभयो । धान दिवसमा स्थानीय कृषकसहित कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू, कार्यलयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

उपस्थिति सबैले धान रोपेर धान दिवस मनाइएको राष्ट्रिय कृषक समूह महासङ्घ ताप्लेजुङले जनाएको छ । यता ताप्लेजुङमा गत वर्षको तुलनामा धान रोपाइँ घटेको छ । गत वर्ष यो अवधिमा २९.४ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष १७.८५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी सशिकुमार सिं ले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पानी कम परेकोले रोपाइँ पनि कम भएको हो । तर, यो वर्ष सरदारभन्दा धेरै पानी पर्ने भएकाले रोपाइँ धेरै हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : 9:06 pm

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी