पहिलो पटक एसईईमा सहभागि बनेको श्री साङक देछ्योलिङ गोन्पाले ल्यायो उत्कृष्ट नतिजा



ताप्लेजुङ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि बनेको ताप्लेजुङका एक विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । फुङलिङ नगरपालिका नौ हाङदेवा स्थित श्री साङक देछ्योलिङ गोन्पा विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

उक्त विद्यालयका लाके शेर्पाले जिल्लाकै उत्कृष्ट ३.९१ जिपिए प्राप्त गर्नुभएको छ । यस्तै सोही विद्यालयका प्रितम गुरुङ जिल्ला द्वितीय हुनुभएको छ । उहाँले ३.८६ जिपिए अङ्क ल्याउनुभएको हो ।

३।७८ जिपिए प्राप्त गर्दै तेस्रो कञ्चजङ्घा आवासीय माध्यमिक विद्यालयकी रमियुका राई तेस्रो हुनुभएको छ भने भानुजन माध्यमिक विद्यालयका पर्वत भटटराईले ३.७७ जिपिए ल्याएर चौथो बन्नुभएको छ ।

साधारण धार तर्फ यस वर्ष एसईई परीक्षामा एक हजार चार सय १५ जना विद्यार्थी सहभागी भएका मध्ये छ सय ५० जना उत्रिर्ण भएका छन् । यस वर्ष जिल्ला भरीमा ४५.९४ प्रतिशत विद्यार्थी उत्रिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भटटराईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्राविधिक धार तर्फ पाँच वटा विद्यालयका एक सय २२ विद्यार्थी मध्ये ९१ जना पास भएका छन् । जिल्लामा ६८ वटा माध्यमिक विद्यालय रहेका छन् । जसमा तिन विद्यालयमा निल लागेको छ भने पाँच विद्यालयका सत प्रतिशत विद्यार्थी उत्रिर्ण भएका छन् ।

साङक देछ्योलिङ गोन्पा, श्री सिवा माध्यमिक विद्यालय लिङ्खिम, श्री स्वरस्वती माध्यमिक विद्यालय इखाबु, मोती माध्यमिक विद्यालय खोक्लिङ, श्री गुप्तेश्वर माध्यमिक विद्यालय फूलबारीबाट शतप्रतिशत विद्यार्थी उत्रिर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

निल लागेका विद्यालयहरू श्री राष्ट्रिय माध्यमिक विद्यालय पेदाङ, श्री सरस्वती माध्यमिक विद्यालय साबलाखु र श्री सिंहदेवी माध्यमिक विद्यालय थिङलाबु रहेका छन् । शुक्रवार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले एईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

यस्तै ननग्रेड भएका विद्यार्थीहरूका लागि साउनको २९ गतेदेखि मौका परीक्षा तोकिएको छ ।

प्रकाशित मिति : 9:46 am

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल

मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढ्यो

रेडियो काबेलीताप्लेजुङ । मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया

पाथीभरामा ३३ लाख ८२ हजार भेटी सङ्कलन 

ताप्लेजुङ, कात्तिक १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा