मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष साँवाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको मृत्यु भएको छ । प्रहरीका अनुसार वडाध्यक्ष साँवाको शनिवार साँझ मृत्यु भएको हो ।

मुटुसम्बन्धी रोगी रहनुभएका साँवाको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उपचारका लागि सदरमुकाम फुङ्लिङतर्फ लैजाने क्रममा उहाँको बाटोमै मृत्यु भएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारसम्म नै वडा कार्यालय तथा अन्य काममा वडाध्यक्ष साँवा सक्रिय रहनुभएको थियो ।

शनिबार बिहानदेखि अचानक साँवाको स्वास्थ्यमा समस्या देखा पर्न थालेको र स्वास्थ्य समस्या देखा परेपछि परिवारले उहाँलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लगेका थिए ।

गाउँपालिका अध्यक्षका स्वकीय सचिव थापाका अनुसार स्वास्थ्यमा देखा परेको समस्या जटिल बन्दै गएपछि अस्पताल पुर्‍याउन नपाई उहाँको बाटोमै मृत्यु भएको हो ।

उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : 9:41 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ