आफू माथि लागेको आरोपको पुष्टि गर्न फुङलिङ नगरका प्रवक्ताको कर्मचारीलाई चुनौति




ताप्लेजुङ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं। दुईका वडा अध्यक्ष मोहन न्यौपानेले आफू माथि लागेको आरोपको पुष्टि गर्न चुनौति दिनुभएको छ । विहीबार पत्रकार सम्मेलन मार्फत आफू माथि लागेको छ बुँदे आरोपको पुष्टि गर्न चुनौती दिनुभएको हो ।

फुङलिङ नगरपालिका तथा मातहतका सम्पूर्ण कर्मचारीहरू नाम थर र पद समेत नखुलाई हस्ताक्षरको प्रेस विज्ञप्ति प्रति आफ्नो गम्भिर ध्यानाकर्षण रहेको भन्दै छ बुँदे आरोपको जवाफ माग गर्नु भएको छ । उहाँले व्यक्तिगत रुपमा कर्मचारीलाई बेइज्जती हुने अभिव्यक्ति दिएको, धम्क्याउने थर्काउने काम गरेको, नगर सभामा कर्मचारीलाई किन प्रवेश गरेको ? कसले बोलाएर आएको ? आफ्नो जिम्मेवारी प्रति गैर जिम्मेवार भएको स्पष्ट पार्न आग्रह गर्नु भएको छ ।

यस्तै आफ्नो अभिव्यक्तिहरू नगर सभामा नराखेर कहाँ राख्ने भनेर कर्मचारीहरूलाई प्रश्न समेत गर्नुभएको छ । गत मङ्गलबार नगरपालिकाको १८ औं नगर सभामा प्रवक्ता न्यौपानेले दिनुभएको अभिव्यक्ति प्रति नगरका कर्मचारीहरूले असन्तुष्ट जनाउँदै ‘पेन डाउन’ गरेका थिए ।

कर्मचारी लक्षित गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति र कर्मचारीको काम तथा कार्यालयको वातावरणलाई प्रभावित गर्नेखालको उत्तेजक अभिव्यक्ति दिएको भन्दै कर्मचारीले आपत्ति जनाउदै विज्ञप्ति जारी गरेका थिए । कर्मचारीले सहज गरी काम गर्ने वातावरण बनाउन नगर प्रवक्ता न्यौपानेले नगरपालिकामा आएर गल्ती महसुस गरी माफी माग्नुपर्ने विज्ञप्तिमार्फत माग गरेका छन् ।

अहिले नगर सभामा नगर सभाका सदस्यले नीतिगत कुरा राख्न पाइदैन भने कहाँ राख्ने ? अनि कर्मचारी किन आन्दोलित हुने ? भन्ने प्रश्न खडा भएको छ । केही समय अघि पनि फुङ्लिङ नगरपालिकाले एक जना नगरपालिकाका पूर्व कार्यकारी अधिकृतको मृत्युको शोकमा सार्वजनिक शोक बिदा दिएको थियो । उक्त विषयको आलोचना पछि तत्कालै सच्याएको थियो । फेरी त्यसरी नै नगर सभामा पनि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगर सभा जहाँ नीतिगत विषयमा नै छलफल हुने गर्छ ।

तर अहिले त्यही नगरसभामा भएको नीतिगत अभिव्यक्तिका कारण कर्मचारीहरू आन्दोलित बनेका थिए । अहिले समाजिक सञ्चालनमा यस विषको चर्को टिक्का टिप्पणी भइरहेको छ । कर्मचारीहरूको आन्दोलन गलत भएको प्रतिक्रियाहरूलाई आइरहेका छन् । यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले भने तत्काल छलफल गरेर आजबाट नियमित कार्य सुचारु हुने बताउनुभएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १०:५९

आफू माथि लागेको आरोपको पुष्टि गर्न फुङलिङ नगरका प्रवक्ताको कर्मचारीलाई चुनौति

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं। दुईका वडा

ताप्लेजुङ गोल्डकपको तेश्रो संस्करण साउन २४ गतेदेखि

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको तेश्रो संस्करण आगामी साउन

ताप्लेजुङका ९ स्थानीय तहको बजेट चार अर्ब ७५ करोड बढी

ताप्लेजुङ ।  ताप्लेजुङका स्थानीय तहहरूले चार अर्ब ७५ करोड १७

मिक्वाखोला गाउँपालिकाको बजेट ४० करोड ७ लाख बढी 

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले ४० करोड ७ लाख बढीको बजेट

फक्ताङलुङ गाउँपालिकाको बजेट ५५ करोड ३७ लाख बढी 

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५५ करोड ३७ लाख बढी