सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङ्गे झरना प्रचार पर्खाइमा (फोटो फिचर)



ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङुगे झरनाले प्रचार प्रसारको अभाव झेली रहेको छ । गाउँपालिकाको वडा नं. ५ लिम्बुदिन र वडा नं. ६ मेहेलेको सङ्म स्थलमा रहेको झरनाले प्रचार प्रसार पाउन नसकेको हो ।

झरनाको लम्बाइ अहिले सम्म मापन नगरिएको भए पनि २५० मिटर अग्लो रहेको अनुमान गरिएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मान बहादुर राईले बताउनुभयो । झरना बर्खा याममा अति नै ठूलो भई ढङ्ग ढङ्गको आवज दिने भएकोले यसको नाम ढङ्ढङ्गे झरना राखिएको अध्यक्ष राईको भनाई छ ।

गाउँपालिकाको यस झरनाको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न चाहन्छ । त्यसैले गाउँपालिकाले आगामी आर्थिक वर्षमा झरनाको महोत्सव साथै प्रचार प्रसार गर्नका लागि २० लाख बजेट समेत विनियोजन गरिसकेको छ ।

तस्विर : साहारा लिम्बू

प्रकाशित मिति : 6:11 pm

विपद् पश्चात क्षतिग्रत राजमार्गको पुनः निमार्णको लागी उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको ध्यानाकर्षण

सौगात विष्टताप्लेजुङ, कात्तिक १७ गते । उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले

मौसममा केही सुधार : पश्चिमी वायूको प्रभाव कायमै

ताप्लेजुङ, कात्तिक १७ गते । हिजो दिउँसोको तुलनामा मौसममा केही

ताप्लेजुङमा २४४ नयाँ मतदाता नामावली दर्ता

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा दुई सय ४४ जनाले

ताप्लेजुङमा चौँरीको आक्रमणबाट विदेशी नागरिक घाइते 

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी