सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङ्गे झरना प्रचार पर्खाइमा (फोटो फिचर)



ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङुगे झरनाले प्रचार प्रसारको अभाव झेली रहेको छ । गाउँपालिकाको वडा नं. ५ लिम्बुदिन र वडा नं. ६ मेहेलेको सङ्म स्थलमा रहेको झरनाले प्रचार प्रसार पाउन नसकेको हो ।

झरनाको लम्बाइ अहिले सम्म मापन नगरिएको भए पनि २५० मिटर अग्लो रहेको अनुमान गरिएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मान बहादुर राईले बताउनुभयो । झरना बर्खा याममा अति नै ठूलो भई ढङ्ग ढङ्गको आवज दिने भएकोले यसको नाम ढङ्ढङ्गे झरना राखिएको अध्यक्ष राईको भनाई छ ।

गाउँपालिकाको यस झरनाको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न चाहन्छ । त्यसैले गाउँपालिकाले आगामी आर्थिक वर्षमा झरनाको महोत्सव साथै प्रचार प्रसार गर्नका लागि २० लाख बजेट समेत विनियोजन गरिसकेको छ ।

तस्विर : साहारा लिम्बू

प्रकाशित मिति : 6:11 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका