सिदिङ्वा गाउँपालिकाद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र विद्यालय सम्मान गरेको छ । विहीबार सम्पन्न गाउँपालिकाको १७औं गाउँ सभाको अधिवेशनमार्फत सम्मान गरेको हो ।

गाउँपालिकाले मिति २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल सिदिङ्वा दुईका रोशन प्याकुरेल र सिदिङ्वा छकी अस्मिता राईलाई सम्मान गरेको छ । प्याकुरेलले ३.१५ जिपिए ल्याउनुभएको थियो भने, राईले ३.०० जिपिए अङ्क ल्याउनुभएको थियो ।

यस्तै मिति २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल सिदिङवा पाँचका प्रोगेश ईदिङ्गो र सिदिङ्वा पाँचकै अनुसा लिम्बूलाई सम्मान गरिएको छ । ईदिङ्गोले ३.१७ जिपिए ल्याउनुभएको थियो भने, लिम्बूले ३.०३ जिपिए ल्याउनुभएको थियो । उहाँहरूलाई नगद पाँच हजार रुपियाँ सहित प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको छ ।

गाउँपालिकाले कक्षा आठको पालिकास्तरीय परीक्षामा राम्रो नतिजा नतिजा दिने क्रममा पहिलो दोस्रो र तेस्रो बन्न सफल विद्यालयलाई पनि सम्मान गरेको छ । जसमा प्रथम बन्न सफल सिदिङ्वा सातको बालकल्याण माध्यमिक विद्यालय सुरुमखिमलाई नगद २० हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । उक्त विद्यालयका ४७.८३ प्रतिशत विद्यार्थी कक्षा आठको पालिकास्तरीय परीक्षामा उत्रिर्ण भएका थिए ।

दोस्रो बन्न सफल सिदिङ्वा तीनमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयलाई नगद १५ हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । यस विद्यालयका २६.३२ प्रतिशत विद्यार्थी उत्रिर्ण भएका थिए । यस्तै २५ प्रतिशत विद्यार्थी उत्रिर्ण गरी तेस्रो बन्न सफल सिदिङ्वा दुईको सिद्धेश्वरी माध्यमिक विद्यालयलाई नगद १० हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ ।

यो सँगै पालिकाले उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई पनि सम्मान गरेको छ । ३.८५ जिपिए ल्याउन सफल सिद्धेश्वरी माध्यमिक विद्यालय आङ्खोपका छात्र प्रमोद कार्की र ३.३६ जिपिए ल्याउन सफल बालकल्याण माध्यमिक विद्यालय सुरुमखिमका छात्रा सारदा पौडेललाई सम्मान गरिएको छ । उहाँहरूलाई नगद पाँच हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो ।

प्रकाशित मिति : 2:31 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी