सिदिङ्वा गाउँपालिकाद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र विद्यालय सम्मान गरेको छ । विहीबार सम्पन्न गाउँपालिकाको १७औं गाउँ सभाको अधिवेशनमार्फत सम्मान गरेको हो ।

गाउँपालिकाले मिति २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल सिदिङ्वा दुईका रोशन प्याकुरेल र सिदिङ्वा छकी अस्मिता राईलाई सम्मान गरेको छ । प्याकुरेलले ३.१५ जिपिए ल्याउनुभएको थियो भने, राईले ३.०० जिपिए अङ्क ल्याउनुभएको थियो ।

यस्तै मिति २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल सिदिङवा पाँचका प्रोगेश ईदिङ्गो र सिदिङ्वा पाँचकै अनुसा लिम्बूलाई सम्मान गरिएको छ । ईदिङ्गोले ३.१७ जिपिए ल्याउनुभएको थियो भने, लिम्बूले ३.०३ जिपिए ल्याउनुभएको थियो । उहाँहरूलाई नगद पाँच हजार रुपियाँ सहित प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको छ ।

गाउँपालिकाले कक्षा आठको पालिकास्तरीय परीक्षामा राम्रो नतिजा नतिजा दिने क्रममा पहिलो दोस्रो र तेस्रो बन्न सफल विद्यालयलाई पनि सम्मान गरेको छ । जसमा प्रथम बन्न सफल सिदिङ्वा सातको बालकल्याण माध्यमिक विद्यालय सुरुमखिमलाई नगद २० हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । उक्त विद्यालयका ४७.८३ प्रतिशत विद्यार्थी कक्षा आठको पालिकास्तरीय परीक्षामा उत्रिर्ण भएका थिए ।

दोस्रो बन्न सफल सिदिङ्वा तीनमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयलाई नगद १५ हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । यस विद्यालयका २६.३२ प्रतिशत विद्यार्थी उत्रिर्ण भएका थिए । यस्तै २५ प्रतिशत विद्यार्थी उत्रिर्ण गरी तेस्रो बन्न सफल सिदिङ्वा दुईको सिद्धेश्वरी माध्यमिक विद्यालयलाई नगद १० हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ ।

यो सँगै पालिकाले उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई पनि सम्मान गरेको छ । ३.८५ जिपिए ल्याउन सफल सिद्धेश्वरी माध्यमिक विद्यालय आङ्खोपका छात्र प्रमोद कार्की र ३.३६ जिपिए ल्याउन सफल बालकल्याण माध्यमिक विद्यालय सुरुमखिमका छात्रा सारदा पौडेललाई सम्मान गरिएको छ । उहाँहरूलाई नगद पाँच हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो ।

प्रकाशित मिति : 2:31 pm

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल

मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढ्यो

रेडियो काबेलीताप्लेजुङ । मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया

पाथीभरामा ३३ लाख ८२ हजार भेटी सङ्कलन 

ताप्लेजुङ, कात्तिक १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा

ताप्लेजुङ विकास मञ्चद्धारा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चको पहल र नेपाल मेडिकल