मेरिङ्देनले लियो बजेट तथा नीति कार्यक्रमका लागि सुझाब 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमका लागि सुझाव सङ्कलन गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया मार्फत सुझाव सङ्कलन गरेको हो । 

कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट तथा नीति कार्यक्रम निर्माणका लागि पूर्व जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, आदिवासी जनजाति, महिला, दलित, अपाङ्ग, बालबालिका, विभिन्न सङ्घ संस्था, समूहका प्रतिनिधि, सरोकारवालाहरूले आ आफ्ना राय सल्लाह प्रतिक्रिया राखेका थिए । 

यस्तै गाउँपालिका अध्यक्ष यूक हां विर हाङ्गाम (डम्बर), उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय कुमार यादव, वडा अध्यक्षहरू साथै अन्य जनप्रतिनिधिहरूले सुझाव लिनुभएको गाउँपालिका सूचना अधिकारी जितेन लिम्बूले बताउनुभयो । 

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार २०:५८

ताप्लेजुङस्थित काबेली–३ जलविद्युत् आयोजनाको परिक्षण उत्पादन सुरु 

ताप्लेजुङ ।  काबेली–३ जलविद्युत् आयोजनाको परिक्षण उत्पादन सुरु भएको छ

साउन २२ गते ताप्लेजुङसहित नौ जिल्लामा आम हड्तालको घोषणा

ताप्लेजुङ । साउन २२ गते पूर्वका नौ जिल्लामा आम हड्तालको

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

ताप्लेजुङ । तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको

दुर्गा प्रसाईं धरौटी बुझाएर रिहा

ताप्लेजुङ । गएको चैत १५ गते काठमाण्डौमा भएको हिंसात्मक प्रदर्शनका