फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्तिको ब्यवस्था गर्ने 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा पढ्ने विद्यार्थीहरूका लागि छात्रवृत्तिको ब्यवस्था गरेको छ । गाउँपालिकाले प्राविधिक बाहेक अन्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि सत प्रतिशत छात्रावृत्तिको व्यवस्था गरेको हो । 

गाउँपालिकाले चालु शैक्षिक सत्रमा १ सय ९ जनालाई अध्ययन शुल्क वापतको रकम दिनेगरी कागजातहरूको पुनर्मूल्याङ्कन थालेको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाथीभरा क्याम्पसबाट १०३ जना, भानु जन माध्यमिक विद्यालयबाट १ जना, मेदिबुङको वालसुवोधिनी संस्कृत विद्यालयबाट ५ जना रहेका छन् ।  

प्राविधिक शिक्षा अध्ययन गर्ने पालिकावासीलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । जसमा  प्राविधिक शिक्षातर्फ भानु जन माविमा सिभिल इन्जिनियर अध्ययन गर्ने, वालसुवोधिनी संस्कृत माविमा हाइड्रो इन्जिनियरिङमा अध्ययनरत गर्ने विद्यार्थीका लागि अध्ययन शुल्कको ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको हो । 

गाउँपालिका अध्यक्ष लिम्बूले कागजात प्राप्त भएका १ सय ९ जना बाहेक छात्रवृत्ति प्राप्तिका लागि कसैको कागजात छुट भएको भए प्रमाण पुग्ने कागजात सहित पालिकामा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । 

प्रकाशित मिति : 7:22 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका