जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु



ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । जनताको चासो, गुनासो, मागलाई सम्बोधन गर्ने उद्देश्यले उक्त कार्यक्रम बिहिबारबाट सुरु गरेको हो ।

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ समन्वयमा फुङलिङ नगरपालिकाले वडा नं. ९ हाङदेवाबाट कार्यक्रम सुरु गरेको छ । स्थानीय सरकारले गरेको गतिविधिहरू प्रति नगरवासी कत्ति सन्तुष्ट छन् र भावी दिनमा कस्ता योजनाको आवश्यकता रहेछ भन्ने जानकारी कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख अमिर मादेनले बताउनुभयो ।

बिहान ११ बजेबाट हाङदेवा स्वास्थ्य चौकीको प्राङ्गणमा सुरु भएको कार्यक्रममा वडा तहका दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्था, वडा बासीहरूले आफ्ना जिज्ञासा अनि गुनासोहरू राख्नुभएको थियो । स्थानीयताले राख्नुभएको जिज्ञासाको जवाफ नगर प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतम, वडाध्यक्ष लक्षुमन गुरुङ, वडा सदस्य, कार्यपालिका सदस्य लगायतले दिनुभएको थियो ।

कार्यक्रममा अधिकांशले सडक मर्मत, फोहोरमैला व्यवस्थापन र विद्युत आपुर्ति सम्बन्धी आवाज उठाउनु भएको थियो । यस्तै जनप्रतिनिधिहरूले भने, यसको समाधानमा लाग्ने आश्वासन दिनुभएको छ ।

आज भएको अन्तरक्रिया कार्यक्रमलाई रेकर्ड गरि जिल्लाका तीनओटै रेडियोहरूबाट प्रसारण गर्नुका साथै अफिसियल पेजमार्फत श्रव्यदृश्य समेत प्रसारण गरिने नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।

अब जेठ ३१ गते फुङ्लिङ नगरपालिका ११ नं. फावाखोलामा, असार ३ गते ८ नं. वडा दोखुमा र असार ४ गते १० नं. वडा फुरुम्बुमा कार्यक्रम सञ्चालन हुने तालिका तय भएको छ ।

प्रकाशित मिति : 6:29 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०