जनताको चासो, गुनासो र सुझाव सङ्कलनको लागि फुङलिङ नगरपालिकाले सार्वजनिक सुनवाई गर्ने 



ताप्लेजुङ । जनताको चासो, गुनासो र सुझाव सङ्कलनको लागि फुङलिङ नगरपालिकाले सार्वजनिक सुनवाई गर्ने भएको छ । फुङलिङ नगरपालिकाले जेठ ३० गते फुङलिङ नगरपालिका सामुदायिक हलमा फुङलिङ ४, ५, ६ र ७ वडालाई  केन्द्रित गरेर सार्वजनिक सुनवाई गर्न लागेको हो ।

त्यस्तै फुङलिङ नगरपालिका १, २ र ३ वडालाई केन्द्रीकृत वडा न २ मा असार २ गते सार्वजनिक सुनवाई कार्यक्रम गर्न लागेको फुङलिङ नगरपालिका नगर प्रमुख अमिर मादेनले जानकारी गराउनुभयो । नगर प्रमुख मादेनले वर्ष भरी गरिएको कार्यका बारेमा वडा वडा के कस्ता राय सुझाव तथा जनताको चासो हुन्छ साथै स्थानीय सरकार नागरिक बीचको दोहोरो सम्बन्ध स्थापित गर्ने उद्देश्यले सार्वजनिक सुनवाई गर्न लागिएको बताउनुभयो ।

नगरपालिकाले दिने सेवालाई पारदर्शी जबाफदेहीता उत्तरदायी बनाउनका लागि सार्वजनिक सुनवाई कार्यक्रम गर्न लागिएको फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गौतमले बताउनुभयो ।

सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण जानकारी मिडिया प्रालिले गर्ने छ । प्रालिका अध्यक्ष राजेन्द्र श्रेष्ठले नगरपालिकाको ११ वटै वडामा नागरिक अभिमत र वडा र नगरपालिकाबाट सेवा लिएर फर्किएकाहरूबाट बहिर्गमन अभिमत लिने काम भई रहेको समेत बताउनुभयो ।

सार्वजनिक सुनुवाइमा नगरबाट प्रदान हुने शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ ,रोजगार कृषि पशुपक्षी भौतिक पूर्वाधार विकास निर्माण सेवा प्रवाहको लगायतको बारेमा सेवाग्राही र सेवा प्रदायक बीच प्रश्नोत्तर हुने जसले गर्दा आगामी दिनमा नगरपालिकालाई काम गर्न सहज हुनेछ । नगरपालिकाले सबै आम नागरिकलाई कार्यक्रम उपस्थित हुनका लागि पत्राचार गरी सकेको समेत जनाएको छ ।

प्रकाशित मिति : 10:52 am

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०