पाथिभरा मन्दिर क्षेत्रमा स्वीकृति विना कुनै कार्य गर्न नपाइने



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर क्षेत्रमा पाथिभरा क्षेत्र विकास समितिको स्वीकृति विना कार्यक्रम तथा संरचना निर्माण गर्न नपाइने भएको छ । मङ्गलबार बसेको क्षेत्र विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पाथिभरामा विभिन्न सङ्घ संस्था तथा व्यक्तिगत रूपले गरिने कार्यक्रम, अभियान र संरचना निर्माण गर्दा क्षेत्र विकासको पूर्व स्वीकृति अनुसार मात्र गर्न मिल्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने गुरु योजना निर्माण गरी पुरातत्त्व विभागलाई समेत अनुरोध गरिसकेकोले समितिको तर्फबाट गरिने काम पनि निर्णय गरेर मात्रै गरिँदै आइएको छ ।

यस्तै पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ (पहिलो संशोधन २०७५) ले पाथीभरा क्षेत्रको सीमाङ्कन पनि प्रष्टयाएको छ । जस अनुसार पूर्वमा सिरिजङ्गा गाउँपालिका वडा नं. ३ को हर्कटे डाँडालाई भित्र पारी फुङलिङ नगरपालिकाको वडा नं। ११ फावाखोलाको सिम्बुसम्मको सम्पूर्ण क्षेत्र, फक्ताङलुङ गाउँपालिकाको वडा नं. ३ लिङखिम र वडा नं. ५ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रको सम्पूर्ण क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र पाथीभरा क्षेत्रमा पर्ने छ ।

उत्तरमा फक्ताङलुङ गाउँपालिकाको वडा नं. ४ र सिरिजङ्गा गाउँपालिकाको वडा नं. ३ र वडा नं. ६ को सिमाना क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र तथा दक्षिणमा फुङलिङ नगरपालिकाको वडा नं. १० को फुरुम्बु गढी डाँडा, वडा नं. ९ को देउराली, वडा नं। ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिकाको वडा नं. ३ को दुधिले पश्चिम फुङलिङ नगरपालिकाको सिमानाको सम्पूर्ण क्षेत्रलाई पाथीभरा क्षेत्र विकास समिति गठन आदेशले पाथीभरा क्षेत्र भनी निर्धारण गरेको छ ।

पाथीभरा क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र पर्ने (निजी जमिन बाहेक) र यसको संरक्षण, रेखदेख गर्ने मुख्य दायित्व क्षेत्र विकास समितिको भएकोले बिना अनुमति कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : 9:21 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई