सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले गर्‍यो सम्मान



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले एसईई र कक्षा आठको परिक्षामा सर्वोत्कृष्ट साथै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिका भित्रबाट सर्वोकृष्ट र उत्कृष्ट नतिजा ल्याउ सफल छात्र छात्रा एक एक जनालाई सम्मान गरेको हो ।

गाउपालिकाले एसईई परिक्षामा गाउँपालिका भित्रबाट सवै भन्दा धेरै अङ्क ल्याउन सफल सिनाम माविका रोहित शंकरलाई सम्मान गरेको छ । उहाँलाई नगद ३० हजार रुपियाँसहित प्रमाण पत्र, ट्रफी र मेडलका साथ सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभएको छ ।

शंकरले एसईई परिक्षामा ३.१८ जीपीए अंक प्राप्त गर्नुभएको थियो । यस्तै २.९७ अंक ल्याइ एसईई परिक्षामा उत्कृष्ट बन्न सफल तेल्लोक माविका अनिशा लिम्बूलाई नगद २५ हजार रुपियाँ सहित प्रमाण पत्र, ट्रफी र मेडलका साथ सम्मान गरिएको छ ।

पालिकाले कक्षा आठको परिक्षमा सर्वोकृष्ट नतिजा ल्याउन सफल सिनाम माविका प्रसान्त भण्डारीलाई सम्मान गरेको छ । उहाँलाई नगद १५ हजर रुपियाँसिहत पमाण पत्र, मेडल र ट्रफिका साथ सम्मान गरिएको हो । उहाँले कक्षा आठको परिक्षामा ३.७४ जीपिए अङ्क ल्याउनभएको थियो ।

यस्तै ३ं.७२ जिपिए ल्याएर उत्कृष्ट बन्नुभएको सिनाम माबिका मेलिस्का माझिाई नगद १२ हजार रुपियाँ सहित प्रमाण पत्र, ट्रफी र मेडलका साथ सम्मान गरिएको छ । विद्यार्थीहरुको थप हौसला र प्रत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 7:23 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)