ताप्लेजुङका उत्कृष्ट कृषक सम्मानित



ताप्लेजुङ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी रुपमा आयोजित कार्यक्रमको अवसरमा केन्द्रले ताप्लेजुङका नौ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।

नौ ओटा स्थानीय तह रहेको ताप्लेजुङको हरेक पालिकाले छनोट गरेर पठाएको एकएक जना उत्कृष्ट कृषकलाई नगदसहित दोसल्ला ओढाएर प्रशंसा पत्रले सम्मान गरेको केन्द्रका कार्यालय प्रमुख विमला पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरा याङवरक गाउँपालिकाका उत्कृष्ट कृषक सन्तोष खिम्दिङ, फक्ताङलुङ गाउँपालिकाका भक्त बहादुर कार्की, फुङलिङ नगरपालिकाका पोष्ट बहादुर कार्की र सिरीजंघा गाउँपालिकाका छत्रमान कुँवरलाई सम्मान गरिएको छ ।

यस्तै मेरिङदेन गाउँपालिकाका विजयप्रकाश चोङबाङ, मिक्वाखोला गाउँपालिकाका डम्बर बहादुर बस्नेत, सिदिङवा गाउँपालिकाका इन्द्र बहादुर लिम्बू मैवाखेला गाउँपालिकाका छत्र बहादुर लिम्बू र आठराई त्रिवेणी गाउँपालिकाका उत्कृष्ट कृषक शंकरप्रसाद श्रेष्ठलाई सम्मान गरिएको प्रमुख पोखरेलले बताउनुभयो ।

सम्मानित हुने कृषकहरूले किवी फल, काजु, अलैँची लगायतका फलफूल, सागसब्जी लगायतका बाली लगाएको कृषकहरूले बताएको छ । आफ्नो पेशाको मल्याङ्कन सहित सम्मान प्रकट गरेको प्रति आभार प्रकट गर्दै भविष्यमा थप उर्जा प्राप्त भएको सम्मानित कृषकहरूले बताएका छन् ।

उत्कृष्ट कृषकलाई जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण प्रसाद लिङखिम र कार्यालय प्रमुख पोखरेलले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : 6:57 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०