ताप्लेजुङमा तमोर नदीले बगाएर बालिका बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा फुङलिङ नगरपालिकाका ३ टाँरबारीका निङसा साङगे शेर्पाका ११ वर्षीया छोरी रहेका छन् । 

बालिकालाई तिर्खा लागेर पानी पिउन तमोर नदीमा जाँदा चिप्लिएर बेपत्ता भएको स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बालिका आफ्ना ५ जना साथीसँग फुङलिङ नगरपालिकाको डम्पिङ साइडको फोहोरमा फालेको सामानमा केही सामाग्री खोज्न गएका थिए ।

सोही क्रममा प्यास मेटाउन नदीमा जाँदा ढुङगाबाट चिप्लिएर बेपत्ता भएको अन्य बालिकाहरूले बताएको स्थानीयको भनाइ छ । विहीबार दिउँसो करिब साढे पाँच बजेको समयमा बालिकालाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति : 4:01 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)