वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो



रेडियो काबेली 

ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण दिवस वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइएको छ । बिहीबार डिभिजन वन कार्यालय ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङलिङमा वृक्षरोपण, डस्टबिन हस्तान्तरण सहित बिरुवा वितरण गरेर मनाइएको छ । 

डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा प्लेकार्ड बोकेर निकालिएको ¥यालीले नगर परिक्रमा गरेको थियो । ¥यालीमा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतम, सशस्त्र प्रहरी बल नं।१ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा ताप्लेजुङका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश मर्हजन, सहित लिटल बुद्ध बोर्डिङ स्कुलका शिक्षक एवं विद्यार्थी साथै जिल्लाका विभिन्न कार्यलयका कर्मचारीको उपस्थिति रहेको थियो । 

प्लेकार्डमा “पृथ्वीलाई सफा राखौँ, प्लास्टिक हटाऔँ”, “वातावरण संरक्षणको सुरुवात हामीबाट”, “प्लास्टिक प्रयोगले भविष्य धमिलो हुन्छ”, “पर्यावरणको रक्षा हाम्रो जिम्मेवारी”, “प्लास्टिक होइन, कपडा झोला प्रयोग गरौँ”, “आजैबाट प्लास्टिक प्रयोग बन्द गरौँ”, “एक कदम हरियाली तर्फ,” “प्रकृतिको आवाज सुनौँ, प्लास्टिक बन्द गरौँ” लगायतका नाराहरू रहेका थिए । 

¥याली पछि लिटल बुद्ध बोर्डिङ स्कुलको प्राङ्गणमा फलामको टि गार्ड सहित १२ वटा सौन्दर्य प्रजातिको मङकी पजल वृक्षको रोपण गरिएको छ । साथै डिभिजन वन कार्यालयले विद्यालयको वातावरणलाई स्वच्छ राख्नका लागि लिटल बुद्ध बोर्डिङ स्कुललाई फलामको स्टेण्ड सहितको डस्टबिनको वितरण गरिएको छ ।

साथै डिभिजन वन कार्यालयले तोक्मे डाँडा क्षेत्रमा २५० मयुर पँखी, १५० कलकीका विरुवा र “हरियाली हाम्रो पहिचान संरक्षण हाम्रो अभियान” भन्ने नारा प्रिन्टेड वातावरणमैत्री १५० कपडाको झोला वितरण गरिएको सूचना अधिकारी परमेश्वर पाश्वानले बताउनुभयो । 

उहाँका अनुसार वातावरण दिवसको दिन मात्रै नभई अन्य सार्वजनिक  क्षेत्रमा वृक्षरोपण सहित डस्टबिन राख्ने कार्यक्रम जारी रहने बताउनुभयो ।  हरेक वर्ष ५ जुनलाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्ष “प्लास्टिक प्रदुषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने नारा सहित विश्व वातावरण दिवस माईएको छ ।

प्रकाशित मिति : 6:34 pm

विपद् पश्चात क्षतिग्रत राजमार्गको पुनः निमार्णको लागी उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको ध्यानाकर्षण

सौगात विष्टताप्लेजुङ, कात्तिक १७ गते । उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले

मौसममा केही सुधार : पश्चिमी वायूको प्रभाव कायमै

ताप्लेजुङ, कात्तिक १७ गते । हिजो दिउँसोको तुलनामा मौसममा केही

ताप्लेजुङमा २४४ नयाँ मतदाता नामावली दर्ता

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा दुई सय ४४ जनाले

ताप्लेजुङमा चौँरीको आक्रमणबाट विदेशी नागरिक घाइते 

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी