ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार गुरुङ र उहाँकी श्रीमती सरिता लिम्बू बुधबार बिहान सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका–३ को तावा पुग्नुभएको थियो ।

राति नै गुरुङ र उहाँकी श्रीमतीबिच झगडा भए पछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो । तर फक्ताङलुङ गाउँपालिका–३ को सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्रबिच झगडा हुँदा अर्जुनले खुकुरी प्रहार गर्नुभएको थियो । खुकुरी प्रहारपछि तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले अर्जुन र सरिता दुवै जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 10:47 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा