मिक्वाखोलामा अल्लोको कपडाबाट झोला बनाउने तालिम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर १ खोक्लिङमा अल्लोको कपडा बाट झोला बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजना र वडा नं.१ खोक्लिङको समन्वयमा गत वैशाख १४ गतेबाट सुरु भएको एक महिने तालिम बिहिबार सम्पन्न भएको हो ।

अघिल्लो आर्थिक वर्षमा आधारभुत तालिम प्रदान गरिएका वडाका ११ जना महिलाहरुलाई यो आर्थिक वर्षमा एडभान्स तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो । स्थानीयको मागको आधारमा तालिम प्रदान गरिएकोले तालिम प्रभावकारी भएको प्रमुख सुहाङको भनाई छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले स्थानीय स्तरमा पाईने अल्लोको कपडाबाट विभिन्न सामाग्री बनाउने मात्रै नभई अल्लोबाट धागो बनाउने तालिम पनि आवश्यक रहेकोले यसतर्फ गाउँपालिकाले पनि ध्यान दिने बताउनुभयो । साथै उहाँले स्थानीयले उत्पादन गरेको सामाग्रीलाई बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष डण्डु लामाले तालिम लिने महिलाहरुलाई उद्योग दर्ता गरेर अघि बढ्न आग्रह गर्नुभयो । तालिम घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ महिला समिती अध्यक्ष तथा व्यवसायी विष्णु श्रेष्ठले दिनुभएको थियो । आफ्नै गाउँमा सिप सिक्न पाउँदा खुसि व्यक्त गर्दै छिट्टै उद्योग दर्ता गरेर सञ्चालन गर्ने सहभागि गंगा कार्कीले बताउनुभयो । स्थानीय स्तरमा पाईने भाङ्ग्रे सिस्नो (अल्लो¬) बाट धागो बनाएर कपडा बनाईन्छ त्यसपछि झोला, कोट, पर्स, साईड व्याग लगायत विभिन्न सामाग्री तयार गर्ने गरिन्छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार २०:३२

साउन २२ गते ताप्लेजुङसहित नौ जिल्लामा आम हड्तालको घोषणा

ताप्लेजुङ । साउन २२ गते पूर्वका नौ जिल्लामा आम हड्तालको

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

ताप्लेजुङ । तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको

दुर्गा प्रसाईं धरौटी बुझाएर रिहा

ताप्लेजुङ । गएको चैत १५ गते काठमाण्डौमा भएको हिंसात्मक प्रदर्शनका

ताप्लेजुङ गोल्डकपको प्रथम पुरस्कार अप्पर तमोर हाईड्रो पावरले प्रायोजन गर्ने

रेडियो काबेलीताप्लेजुङ । यहि श्रावण २४ गते देखी हुने अन्तराष्ट्रिय