बुद्द इङ्लिश बोर्डिङ स्कुलले मनायो १८औँ बार्षिक उत्सब



ताप्लेजुङ । ताप्लेजुङ बुद्द इङ्लिश बोर्डिङ स्कुलले १८औँ बार्षिक उत्सब मनाएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले बि स २०६५ सालमा स्थापना भएको ताप्लेजुङ बुद्द बोर्डिङले बिबिध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

दिवसको अबसरमा प्रत्येक कक्षाबाट बिबिध क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई हौसला स्वरुप पुरस्कृत गरिएको छ । त्यस्तै एक शैक्षिक सत्र भरी नै निरन्तर बिद्यालयमा उपस्थित हुने विद्यार्थी, अनुसाशित तथा सरसफाईमा विशेष ध्यान दिने बिद्यार्थीलाई समेत पुरस्कृत गर्दै स्थापना दिवस मनाएको सस्थापक प्रधानाध्यापक इन्द्र गुरुङले जानकारी दिनुभयो ।

यस्तै दिवसकै अबसरमा बिद्यालयमा लामो समयसम्म अध्यापन गराउने शिक्षक रबिन सुब्बालाई समेत नगद सहित प्रसंसा पत्रले सम्मान गरेको गुरुङको भनाई छ । कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरुले नृत्य लगायतका अन्य कला समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 6:31 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा