ताप्लेजुङमा लागू औषध सहित तीन जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ परेका छन् । उनीहरु फुङलिङ नगरपालिका छ पाथीभरा चौकबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्ने सिरिजङ्घा गाउँपालिका सात निवासी १९ वर्षका आदर्श भट्टराई, फक्ताङलुङ गाउँपालिका दुई घर भई हाल फुङलिङ नगरपालिका छ बस्ने २७ वर्षका विमर्स सुन्दास र फुङलिङ नगरपालिका १० का १९ वर्षीय नबिन गुरुङ रहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विबेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार ताप्लेजुङ नगरपालिका छ पाथीभरा चौक आसपासको एरियामा केही मानिसहरूले लागू औषध बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ट्रमाडोल डाइड्रोक्लोराईड क्याप्सुल आईपी लेखिएको क्याप्सुल ११६ पिस, डाइसिक्लोमाइन एचसिआई ट्याबलेट आईपी लेखिएको ट्याबलेट ५९ पिस बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई लागू औषध नियन्त्रण ऐन, २०३३ तथा प्रचलित कानून बमोजिम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 4:39 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०