एचपिएफले बनायो ताप्लेजुङमा ६६ विद्यालयका भवन



ताप्लेजुङ। ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ)ले ताप्लेजुङमा एक निर्माणधीन सहित ६६ वटा विद्यालयको भवन निर्माण गरेको छ । फाउण्डेसनले चार वटा शिक्षण संस्थाको भवन प्रबलीकरण सहित ६३ वटा विद्यालयको भवन निर्माण गरेको हो ।

आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाको फुङलिङमा नगरपालिकामा आईटी एकेडेमी सहित १२ वटा, पाथीभरा याङवरक गाउँपालिकामा आठ वटा, मेरिङदेनमा छ वटा, सिरिजङ्गामा नौ वटा, मैवाखोलामा पाँच वटा, आठराई त्रिबेणीमा एक निर्माणधीन  सहित आठ वटा, फक्ताङलुङमा सात वटा, मिक्वाखोलामा पाँच वटा र सिदिङ्वामा नौ वटा विद्यालयको भवन निर्माण गरेको एचपिएफका जिल्ला कार्यक्रम निर्देशक अमित श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार आठराई त्रिबेणी गाउँपालिकास्थित परमसिंहदेवी मावि निघुरादिनको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

यस्तै चार विद्यालय भवनको मर्मत, ५८ विद्यालयमा विद्यालय शिक्षा कार्यक्रम, एक निर्माणाधीन सहित ५२ वटा शौचालय भवन निर्माण र नौ वटा खानेपानी योजना पूरा भएको मङ्गलवार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा विद्यालयस्तरीय सामाजिक लेखा परीक्षणको सार्वजनिकीकरण कार्यक्रममार्फत जानकारी गराइएको छ ।

लघु उद्यमशीलता र केही विद्यालयमा सिकाइ सुधार कार्यक्रमलाई निरन्तरता दिदैँ विगत आठ वर्षदेखि ताप्लेजुङमा कार्यरत फाउण्डेसन अब कोशीका अन्य तीन पहाडी जिल्लामा केन्द्रित हुने भएको छ । कोशी प्रदेशका ताप्लेजुङ सहित चार जिल्लाका २४ स्थानीय तहका एक सय १९ वटा वडामा कार्यक्रम केन्द्रित गर्ने एचपिएफले जनाएको छ ।

त्यसमा तीन क्याम्पस सहित एक सय ३९ वटा शिक्षण संस्था समेटिने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:22 pm

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली