एचपिएफले बनायो ताप्लेजुङमा ६६ विद्यालयका भवन



ताप्लेजुङ। ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ)ले ताप्लेजुङमा एक निर्माणधीन सहित ६६ वटा विद्यालयको भवन निर्माण गरेको छ । फाउण्डेसनले चार वटा शिक्षण संस्थाको भवन प्रबलीकरण सहित ६३ वटा विद्यालयको भवन निर्माण गरेको हो ।

आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाको फुङलिङमा नगरपालिकामा आईटी एकेडेमी सहित १२ वटा, पाथीभरा याङवरक गाउँपालिकामा आठ वटा, मेरिङदेनमा छ वटा, सिरिजङ्गामा नौ वटा, मैवाखोलामा पाँच वटा, आठराई त्रिबेणीमा एक निर्माणधीन  सहित आठ वटा, फक्ताङलुङमा सात वटा, मिक्वाखोलामा पाँच वटा र सिदिङ्वामा नौ वटा विद्यालयको भवन निर्माण गरेको एचपिएफका जिल्ला कार्यक्रम निर्देशक अमित श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार आठराई त्रिबेणी गाउँपालिकास्थित परमसिंहदेवी मावि निघुरादिनको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

यस्तै चार विद्यालय भवनको मर्मत, ५८ विद्यालयमा विद्यालय शिक्षा कार्यक्रम, एक निर्माणाधीन सहित ५२ वटा शौचालय भवन निर्माण र नौ वटा खानेपानी योजना पूरा भएको मङ्गलवार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा विद्यालयस्तरीय सामाजिक लेखा परीक्षणको सार्वजनिकीकरण कार्यक्रममार्फत जानकारी गराइएको छ ।

लघु उद्यमशीलता र केही विद्यालयमा सिकाइ सुधार कार्यक्रमलाई निरन्तरता दिदैँ विगत आठ वर्षदेखि ताप्लेजुङमा कार्यरत फाउण्डेसन अब कोशीका अन्य तीन पहाडी जिल्लामा केन्द्रित हुने भएको छ । कोशी प्रदेशका ताप्लेजुङ सहित चार जिल्लाका २४ स्थानीय तहका एक सय १९ वटा वडामा कार्यक्रम केन्द्रित गर्ने एचपिएफले जनाएको छ ।

त्यसमा तीन क्याम्पस सहित एक सय ३९ वटा शिक्षण संस्था समेटिने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:22 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी