लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा फुरुम्बो



ताप्लेजुङ। लिम्बू पत्रकार सङ्घ ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बू) चयन हुनु भएको छ । मङ्गलबार भएको चौंथो जिल्ला अधिवेशनले लिम्बूको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उदय खुदाङ, सचिवमा साहारा लिम्बू, सहसचिवमा बसन्त लाबुङ, कोषाध्यक्षमा मनु (लिम्बू) माबो चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा अनमोल लिम्बू, नविना लिम्बू, सोस्ना लिम्बू, सिता माबो (लिम्बू) चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा माला पालुङ्वा, लोकेश लिबाङ र साहारा लिम्बू चयन हुनुभएको छ ।

अधिवेशन लिम्बू पत्रकार सङ्घको केन्द्रीय कोषध्यक्ष दिलकुमार लिम्बूको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । विशिष्ट अतिथिकोरुपमा केन्द्रीय सदस्य गंगा लिङ्खिम, केन्द्रीय सल्लाहकार समिति सदस्य चन्द पन्दाक (लिम्बू)को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 6:12 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०