ताप्लेजुङमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ 



ताप्लेजुङ। ताप्लेजुङमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ परेका छन् । फुङ्लिङ स्थित तोक्मे डाँडाको याकरामा तेन (धान नाच) पार्कमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गरी प्रचार प्रसार गर्ने दुई पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका २२ वर्षीय र २० वर्षीय पुरुष रहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त पार्क स्थलको भित्तामा बनाइएको प्रतिमामा अश्लिल हर्कत गरेको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको आरोपमा पक्राउ गरिएको छ । 

उनीहरूलाई फुङलिङ बजारबाट जेठ १२ गते पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२१ तथा प्रचलित कानुन बमोजिम कसूरमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुमति सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 5:04 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०