ताप्लेजुङमा करेन्ट लागेर १० पशु चौपाया मरे



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा करेन्ट लागेर १० ओटा पशु चौपाया मरेका छन्। शुक्रबार दिउँसो थिङलाबुको थुङथापस्थित खुवागुमा करेन्ट लागेर स्थानीय विजय एभेङ लिम्बूका १० ओटा पशु चौपाया मरेका छन्।

थिङलाबुका वडाध्यक्ष सबिन लिम्बुका अनुसार दिउँसो जङ्गलमा चराएर गोठतर्फ लाने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर एभेङको एक हल गोरु, दुई ओटा गाई र ६ ओटा बाख्रा मरेको वडाध्यक्ष लिम्बूको भनाइ छ।

बिजुलीको तारले पोलमा छोएर जमिनमा प्रवाह भएको करेन्ट लागेर पशुचौपायाको मरेको स्थानीयले बताएका छन्। यता प्रहरीको टोलीले घटनाको विषयमा अनुसन्धान जारी राखेको बताएका छन्।

नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार सो क्षेत्रमा थिङलाबु विद्युत सहकारी संस्थामार्फत विद्युत सञ्चालनमा रहेको छ। जसको रेखदेखको जिम्मा सबै सहकारीकै हुने केन्द्रले जनाएको छ।अहिले सो क्षेत्रमा विद्युत कटौती गरेको समेत केन्द्रले जनाएको छ।

प्रकाशित मिति : 5:52 am

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)