पाथिभरा आउने तीर्थयात्रीका लागि आठ वर्षदेखि निःशुल्क अक्सिजन र औषधी



ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनका लागि आउनुहुने तीर्थयात्रीका लागि आठ वर्षदेखि निशुल्क अक्सिजन सिलिन्डर र औषधि उपलब्ध गराउँदै आइएको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले आठ वर्षदेखि अक्सिजन सिलिन्डर र औषधि उपलब्ध गराउँदै आएको हो ।

पाथीभरा दर्शनका लागि जाँदै गरेका एक बालकले मृत्यु भए पछि झापा बिर्तामोडका शरद जोशी समेतको सक्रियतामा उक्त क्लबहरूले तीर्थयात्रीलाई अक्सिजन सिलिन्डर र औषधि निशुल्क उपलब्ध गराइँदै आएको छ । बालकको २०७६ सालमा मृत्यु भएको थियो ।

अक्सिजन अभावकै कारण ती बालकको ज्यान गएपछि फेरि त्यस्तै क्षति हुन नदिन यी संस्थाले सहयोग गर्दै आएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउँनुभयो । तीन थान बोकेर हिँड्न मिल्ने अक्सिजन सिलिन्डरबाट सुरु भएको सहयोग अन्तर्गत अहिले औषधि, स्यानिटरी प्याड हट ब्याग लगायतका सामग्री प्राप्त भएको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका अहेव उमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

क्लबका संस्थापक अध्यक्ष समेत रहनुभएका जोशी सहितको टोली हरेक वर्ष उपस्थित भएर अक्सिजन र औषधी पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गर्ने र समितिले उपचार केन्द्रलाई उपलब्ध गराउने क्रम चलेको पौडेलले बताउनुभयो ।

रोटर्याक्ट क्लब बिर्तामोड मिडटाउनका परियोजना संयोजक दिनेश खतिवडाका अनुसार, यसलाई क्लबको वार्षिक कार्यक्रमको रूपमा समावेश गरिएको छ। यस वर्ष क्लबका अध्यक्ष सञ्जय अग्रवालको सहकार्यमा एक लाख रुपैयाँ बराबरको औषधि, उपकरण, सेनेटरी प्याड लगायतका सामग्री प्रदान गरिएको थियो ।

प्रकाशित मिति : 7:27 pm

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम