महिलाहरूको क्षमता विकास गर्न उद्घोषण तथा भाषणकला तालिम



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले महिलाहरूको क्षमता विकास गर्न उद्घोषण तथा भाषणकला तालिम प्रदान गरेको छ । पालिकाले गत जेठ ४ गतेदेखि ८ गतेसम्म पालिकाको वडा नं. ६ थुम्बेदिनका महिलाहरूलाई तालिम प्रदान गरेको हो ।

महिलाहरूको मागमा आधारित कार्यक्रम अन्तरगत थुम्बेदिनमा रहेको पाथीभरा आमा समुहले माग अनुसार उक्त कार्यक्रम गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा थापाले बताउनुभयो । तालिमको समापन समारोहमा बोल्दै ६ नं. वडा अध्यक्ष जितमान तामाङले महिला पुरुष सबैको लागि बोल्ने कलाको आवश्यकता पर्ने भएकोले तालिम प्रभावकारी भएको बताउनुभयो ।

तालिममा सहभागि एवं कार्यपालिका सदस्य सोनिसा खापुङले तालिमले आफू कार्यक्रम सञ्चालन गर्न सक्ने भएको बताउँदै खुसी व्यक्त गर्नुभयो । त्यस्तै तालिममा सहभागि सिता लम्सालले तालिम उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा पनि यस्ता खालका तालिम गाउँपालिकाले सञ्चालन गरिदिए राम्रो हुने प्रतिक्रिया दिनुभयो ।

तालिममा वडाका ३० जना महिलाहरूको सहभागिता रहेको थियो । तालिमको सहजिकरण रेडियो काबेलीका स्टेसन मेनेजर एलिना दियालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 1:51 pm

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला