ताप्लेजुङको मेरिङदेनमा गाडी दुर्घटना हुँदा ९ जना घाइते



ताप्लेजुङ। ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मेरिङदेन गाउँपालिका ३ खाम्लुङको साक्फारामा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

घाईते हुनेमा मेरिङदेन गाउँपालिका ६ नाल्बुका साङगे शेर्पा, १७ वर्षीया दावा शेर्पा, ६८ वर्षीय भीमकुमार केदेम, २४ वर्षीय अञ्जना शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीया दावाचुङदा शेर्पा, २३ वर्षीया फुर्लामु शेर्पा र ५१ वर्षीया गुबा शेर्पा घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठराई त्रिवेणी गाउँपालिका ५ का २४ वर्षीया प्रमिला शेर्पा घाईते हुनु भएको छ । घाइते यात्रुहरूको शरीरका विभिन्न अङ्गमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घाइते सबैजनालाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।

मेरिङदेन गाउँपालिकाको नाल्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी बिहान साढे १० बजे दुर्घटनामा परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : 12:31 pm

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम