ताप्लेजुङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु 



ताप्लेजुङ । ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी विष्णु माया लिङ्देनको मृत्यु भएको हो । 

५१ वर्षीय लिङदेनलाई विहीबार दिउसो खोला तर्ने क्रममा खोलाले बगाएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार लिङ्देनलाई खोलाले करिब १५० मिटर टाढा बगाएको थियो । 

घटना लगत्तै सिदिङ्वा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रत्नबहादुर लिङ्देनले प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटना स्थलमा परिचालित भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:36 pm

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम