नेपाली र भारतीय सेनाको संयुक्त टोलीले गरे कञ्चनजङ्घा हिमालको आरोहण



ताप्लेजुङ । नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमशृङखला कञ्चनजङ्घा हिमालको आरोहण गर्नुभएको छ । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले ताप्लेजुङमा अवस्थित ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएको हो ।

दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका कर्नेल सर्फराज सिंहको नेतृत्वमा पाँच गरी १५ जनाले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दुवै देशका संयुक्त सैन्य आरोहण टोलीको भ्रमणका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को बैशाख दोस्रो साता बसेको बैठकले औपचारिक रुपमा स्वीकृत समेत प्रदान गरेको थियो । यस अघि पनि पाँच जना नेपालीसहित १० जनाले कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएको थियो । हिमालको सेभेन समिट ट्रेक काठमाडौँले पाँच नेपाली सहित १० जनालाई सफल आरोहण गराएका थिए ।

उहाँहरूले मे १० अर्थात् २०८२ वैशाख २७ गते दिउँसो दुई बजेर १५ मिनटेमा १० आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहीबार १५:४२

फुङलिङ बजारका सुँगुर पालकले खोर नहटाउने

ताप्लेजुङ । फुङलिङ बजारका सुँगुर पालक कृषकले सुँगुरको खोर नहटाउने भएका

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको