आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक



साहारा लिम्बू
ताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो कार्यकाल तीन वर्ष पुरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । अध्यक्ष दिपेनले जनताको मतबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीन वर्ष पूरा भएको अवसरमा आफूले गरेको कार्य प्रतिको विवरण सार्वजनिक गर्नुभएको हो ।

पूर्वाधार विकास
तीन वर्षको अवधिमा पालिका भित्र ६५ किलोमिटरभन्दा बढी ग्रामीण सडक स्तरोन्नति र मर्मत गर्ने काम भएको सार्वजनिक प्रगति विवरणमा उल्लेख गरिएको छ । यो सँगै गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न हुने अन्तिम चरणमा रहेको र अन्य वडाको वडा कार्यालय भवनहरू पनि निर्माण भई सञ्चालनमा आएका छन् ।

यस्तै वडा नं. १ मा सामुदायिक भवन निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जनाइएको छ । यो सँगै पालिका स्तरीय बहुउद्देश्य कभर्डहल निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

पालिकाको आसपासको बाटो कालो पत्रे गर्ने काम अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष पोमुको भनाई छ । ताप्लेजुङ जिल्लाबाट धरान सम्म जानका लागी वैकल्पिक मार्गको रुपमा गोर्जा–सुर्के–सेलेले–भुजे–गुफा सडक खण्डको ट्रयाक ओपनको कार्य सम्पन्न भएको छ ।

यस्तै लिम्बुनी पुल चोक्पुर हिले रमिते हुँदै पालिका सदरमुकाम जोड्ने सडक निर्माणको कामको सुरुवात भएको छ । मुलचोक पाथिभरा देवस्थललाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गरिएको र थप व्यवस्थित गर्ने कार्य भइरहेको छ ।

एक वडा एक खेलमैदान विस्तार गर्ने योजना अनुरूप गाउँपालिकाको २ नं. वडाको महभिर खेल मैदान र १ नं. वडाको जनकल्याण आधारभुत विद्यालयको खेल मैदान निर्माण भइरहेको जनाइएको छ । एक वडा एक बर्थिङ सेन्टर स्थापना गर्ने योजना अनुसार वडा नं. १, ३, ४ मा बर्थिङ सेन्टर निर्माण भई सञ्चालनमा रहेको र वडा नं. २ को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साथै वडा नं. ५ मा भने निर्माणाधीन अवस्थामा रहेको छ ।

यस्तै १० शैयाको अस्पताल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र हाङपाङ र चाँगे जोड्ने सोबुवाखोलामा पक्कीपुल निर्माणको कार्य भइरहेको छ ।

स्वास्थ्य सेवा विस्तार
स्वास्थ्य सेवा अन्तरगत गर्भवती तथा सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूका लागि निशुल्क स्वास्थ्य परिक्षण साथै ३२१ जनालाई निशुल्क चस्मा उपहार र ५९ जनालाई निशुल्क दन्त उपहार प्रदान गरिएको छ ।

यस्तै विपन्न परिवारलाई औषधी उपचार सहायता वापत २० हजार रुपियाँको दरले उपचार सहायता प्रदान गरिदै आएको छ । रेबिज विरुद्धको खोप पालिका भित्रका स्वास्थ्य संस्था वडा नं. १ र वडा नं. ३ बाट उपलब्ध गराउन सुरु गरिएको छ ।

शिक्षामा गुणस्तर र पहुँच विस्तार
सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको निःशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको छ । यो सँगै सरस्वती नमुना माध्यमिक विद्यालयमा पशु प्राविधिक विषय पनि सञ्चालनमा ल्याइएको छ । शिक्षकहरुलाई मासिक रुपमै विगत २ वर्ष यता तलव भत्ता उपलब्ध गराउँदै आएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्दीका लागी विद्यालयका शिक्षक, सरोकारवाला, र पालिका विच आमशिक्षा भेला गरी अन्तक्र्रिया गोष्टी सञ्चालन गरिन्दै आएको छ । यस्तै पालिका स्तरीय नमुना विद्यालय छनौट गरी सञ्चालनमा ल्याइएको छ ।

कृषि तथा वातावरण संरक्षण
तीन वर्षको अवधिमा एक घर एक धारा अभियान सुरु गरिएको छ । प्रत्येक वडा हरुमा कृषि पाठ सालाहरुको निर्माण गरी सञ्चालनमा आएको छ । कृषक समूहहरूलाई मल, उन्नत विउ वितरण गर्ने कार्य भईरहेको छ । यस्तै कृषक फर्म तथा कृषक समुहहरुलाई प्रत्सोहान स्वरुप अनुदान रकमहरु उपलब्ध गराउन सुरु गरिएको छ ।

सुशासन, पारदर्शिता र डिजिटल सेवा
सबै सरकारी कार्यालय तथा विद्यालयहरुमा निशुल्क फाईबर नेट जडानको काम अन्तिम चरणमा पुगेको छ । नागरिकता, जन्मदर्ता, सिफारिस सेवा अनलाइन मार्फत प्रदान गर्न सुरु गरिएको छ । वडागत सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

यस्तै सिसी क्यामेरा जडान गरी शान्ति सुरक्षा व्यवस्थापन मजबुत बनाउने कोसिस गरिएको छ । प्रत्येक सरकारी कार्यालय तथा विद्यालयहरुमा ईहाजिरी जडान साथै सिसिक्यामरा जडान गरिएको छ ।

विद्युत सेवा विस्तार
निर्वाचित भएको पहिलो निर्णयको रुपमा निशुल्क विद्युत सेवा उपलब्ध गराउँने योजना अनुरूप पालिका भरिका सबै जनातालाई निशुल्क विद्युत सेवा उपलब्ध गराइएको सार्वजनिक प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार १४:००

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय