ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  



ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुढ्यौलीको सङ्ख्या बढेको हो ।

मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा तथ्याङ्क साक्षरता तथा क्षमता अभिवृद्धि सम्बन्धी एक दिने अन्तरक्रियात्मक गोष्‍ठीको आयोजना गरी तथ्याङ्क प्रस्तुत गरिएको थियो । वि.संं २०७८ को जनगणना अनुसार ताप्लेजुङमा १०.२ प्रतिशत बुढ्यौलीको सङ्ख्या रहेको तथ्याङ्क अधिकृत किरण कुमार राईले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त सङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार दुई प्रतिशतले बढेको छ । ६८ सालको जनगणनामा ताप्लेजुङमा ८.१ प्रतिशत बुढ्यौली रहेका थिए । यस्तै सङ्ख्यामा बुढ्यौली वृद्धि हुने हो भने हेरचाह, आवास, व्यवस्था, सामाजिक सुरक्षा र आर्थिक भरणपोषरणमा चुनौती सिर्जना हुने राईको भनाई छ ।

वि. सं. २०७८ सालको जनगणना अनुसार ताप्लेजुङको कुल जनसङ्ख्या एक लाख २० हजार ९० जना रहेको छ । यस अघि राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदन मध्ये नेपालमा बुढ्यौलीको अवस्थासम्बन्धी प्रतिवेदनले नेपालको जनसङ्ख्या तीव्र रूपले बुढ्यौलीतर्फ प्रवेश गरेको देखाएको थियो ।

सोही अनुसार घट्दो जन्मदर र मृत्युदरले वि.सं. २१११ मा नेपाल एक बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ । जसले गर्दा राज्यलाई विषेश चुनौती सिर्जना हुने देखिन्छ ।

प्रकाशित मिति : 12:52 pm

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका