सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर मार्फत दुई सय आठ जनाले सेवा लिएका छन् । पाथीभरा बहुमुखी क्याम्पस र नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकहरूको सहयोगमा सम्पन्न भएको आँखा शिविर मार्फत एक सय चार महिला तथा एक सय चार पुरुष गरी दुई सय आठ जनाले सेवा लिएका हुन् ।

आँखा परीक्षण गरिएकोमध्ये ७ जनाको थप उपचार आवश्यक देखिएको परीक्षण तथा उपचारमा संलग्न आँखा स्वास्थ्य प्राविधिक थेबेले जानकारी दिनुभयो । शिविरमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी साथै अभिभावकहरूको आँखा परिक्षण साथै उपचार गरिएको थियो ।

त्यस्तै सोही क्रममा सामूहिक मनोसामाजिक विमर्श कार्य समेत गरिएको थियो । शिविरमा कार्यक्रममा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०, सिँवा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मछिन्द्र लिम्बू, प्रधानाध्यापक ओमनाथ गौतम सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 5:30 pm

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल

प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनका खेल हुँदै 

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकपः साथीभाई र कुम्मायक सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा जारी प्रथम लिङ्तेप गोल्डकपमा साथीभाई

नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गते देखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नाल्बुमा अन्तर वडा स्तरीय

प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी