फक्ताङलुङमा दशै तिहार पछिका सार्वजनिक बिदामा पनि पठनपाठन हुने 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक बिदामा पनि पठनपाठन सञ्चालन गर्ने भएको छ । विहीबार बसेको शिक्षा समिति तथा पालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षकहरूको आन्दोलनका कारण भएको शैक्षिक क्षतिलाई परिपूर्ति गर्नका लागि दशैं तिहार पश्चातका सार्वजनिक बिदाका दिनहरूमा पनि पठनपाठन सुचारु हुने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभएको छ । 
उहाँका अनुसार शैक्षिक क्यालेण्डरमा भएको मिन पचासको वर्षे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय भएको छ । 

यस्तै ज्येष्ठ महिनाको १० गतेसम्म अभिभावक भेटघाट नथा शैक्षिक चेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरि सोको प्रतिवेदन शिक्षा शाखामा बुझाउनुपर्ने निर्णय गरिएको छ । यो सँगै सम्पूर्ण विद्यालयहरूले महिनाको एक पटक हरेक विषयको परीक्षा सञ्चालन गर्ने, उत्तर पुस्तिका सहितको अभिलेख राख्ने साथै त्रैमासिक र वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्दा अनिवार्य अभिभावकहरूलाई विद्यालय बोलाउनुपर्ने निर्णय गरिएको छ । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार १७:४४

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको