फक्ताङलुङमा दशै तिहार पछिका सार्वजनिक बिदामा पनि पठनपाठन हुने 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक बिदामा पनि पठनपाठन सञ्चालन गर्ने भएको छ । विहीबार बसेको शिक्षा समिति तथा पालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षकहरूको आन्दोलनका कारण भएको शैक्षिक क्षतिलाई परिपूर्ति गर्नका लागि दशैं तिहार पश्चातका सार्वजनिक बिदाका दिनहरूमा पनि पठनपाठन सुचारु हुने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभएको छ । 
उहाँका अनुसार शैक्षिक क्यालेण्डरमा भएको मिन पचासको वर्षे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय भएको छ । 

यस्तै ज्येष्ठ महिनाको १० गतेसम्म अभिभावक भेटघाट नथा शैक्षिक चेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरि सोको प्रतिवेदन शिक्षा शाखामा बुझाउनुपर्ने निर्णय गरिएको छ । यो सँगै सम्पूर्ण विद्यालयहरूले महिनाको एक पटक हरेक विषयको परीक्षा सञ्चालन गर्ने, उत्तर पुस्तिका सहितको अभिलेख राख्ने साथै त्रैमासिक र वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्दा अनिवार्य अभिभावकहरूलाई विद्यालय बोलाउनुपर्ने निर्णय गरिएको छ । 

 

प्रकाशित मिति : 5:44 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी