नेपाल शेर्पा सङ्घ ताप्लेजुङको अध्यक्षमा दावा शेर्पा चयन



ताप्लेजुङ । नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङको अध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । बिहीबार फुङ्लिङ बजारको सामुदायिक भवन सिटीहलमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षद्वयमा दार्दोर्चे शेर्पा र मिङ्मा ल्हाकी शेर्पा चयन हुनुभएको छ । यस्तै सचिव तेन्जिङ पाङ्कर्मा शेर्पा, सहसचिव शंकर शेर्पा, कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । 

सदस्यहरूमा याङ्ला ल्हामु शेर्पा, मायादेबी शेर्पा, ग्याबु शेर्पा, सुजन शेर्पा र धनराज शेर्पा चयन हुनुभएको छ । त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा मातृका शेर्पा र पासाङ रिता शेर्पालाई छनोट गरेको छ । प्रदेश अधिवेशन यही जेठ ३ गते हुँदैछ ।

प्रकाशित मिति : 11:41 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ