गाई काटेको अभियोगमा सावादिनका एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा गाई काटेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय दावा नुर्वू शेर्पालाई गाई र गोरु काटेको अभियोगमा पक्राउ गरिएको हो ।

छिमेकी पेम्बा शेर्पाको घर छेउमा बाँधेर राखेको गाई र गोरुलाई काटेको जाहेरीको आधारमा दावा नुर्वुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दावा नुर्वुले सोमबार बिहान करिब साढे ६ बजेको समयमा धारिलो हतियार फलामको बाम्फोक प्रहार गरेका थिए । हतियार प्रहारबाट गाई मरेको र गोरु घाइते अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

जाहेरी पश्चात खोजी गर्ने क्रममा दावा नुर्वुलाई बामफोकसहित मङ्गलबार नियन्त्रणमा लिइएको बताइएको छ । उनलाई पशुपक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १४ को ३ बमोजिम जिल्ला अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धानलाई जारी राखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहीबार १२:०१

मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर

ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड

रेडियो काबेलीताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

जेनजी प्रदर्शन : कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट

फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा

रेडियो काबेलीताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको