ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा लोकसेवा आयोगको तयारी कक्षाको सुरु



ताप्लेजुङ । फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षाको सुरु गरेको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन विहीबारबाट सुरु गरेको हो ।

क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीको मागलाई मध्यनजर गर्दै नगरपालिकासँगको सहकार्यमा तयारी कक्षाको प्रारम्भ गरिएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसमा अध्ययनरत जिल्लाभित्रका सबै विद्यार्थीलाई तयारी कक्षामा सामेल गराइएको छ ।

करिब ४५ दिनसम्म सञ्चालन हुने कक्षाको सहजीकरण आयोग उत्तीर्ण गरी जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले गर्ने क्याम्पस प्रशासनले जनाएको छ ।

विभिन्न संस्थाले अनलाइनको माध्यमबाट प्रदान गरिरहेको तयारी कक्षा प्रभावकारी नभएकाले भौतिक उपस्थितिमा क्याम्पसले नयाँ अभियान सुरुवात गरेको हो । जिल्ल समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला ईजम, क्याम्पस प्रमुख पौडेललगायतको उपस्थितिमा कक्षाको सुरु गरिएको हो ।

यस्तै, फुङलिङ नगरपालिकाको समन्वयमै बुहारी शिक्षा कार्यक्रम समेत कार्यान्वयनमा रहेको छ । नगरपालिका भित्रका ३२ जना महिलालाई निःशुल्क आधारभुत कम्प्युटर शिक्षा प्रदान गरिरहेको क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति : 11:56 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर