ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा लोकसेवा आयोगको तयारी कक्षाको सुरु



ताप्लेजुङ । फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षाको सुरु गरेको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन विहीबारबाट सुरु गरेको हो ।

क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीको मागलाई मध्यनजर गर्दै नगरपालिकासँगको सहकार्यमा तयारी कक्षाको प्रारम्भ गरिएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसमा अध्ययनरत जिल्लाभित्रका सबै विद्यार्थीलाई तयारी कक्षामा सामेल गराइएको छ ।

करिब ४५ दिनसम्म सञ्चालन हुने कक्षाको सहजीकरण आयोग उत्तीर्ण गरी जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले गर्ने क्याम्पस प्रशासनले जनाएको छ ।

विभिन्न संस्थाले अनलाइनको माध्यमबाट प्रदान गरिरहेको तयारी कक्षा प्रभावकारी नभएकाले भौतिक उपस्थितिमा क्याम्पसले नयाँ अभियान सुरुवात गरेको हो । जिल्ल समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला ईजम, क्याम्पस प्रमुख पौडेललगायतको उपस्थितिमा कक्षाको सुरु गरिएको हो ।

यस्तै, फुङलिङ नगरपालिकाको समन्वयमै बुहारी शिक्षा कार्यक्रम समेत कार्यान्वयनमा रहेको छ । नगरपालिका भित्रका ३२ जना महिलालाई निःशुल्क आधारभुत कम्प्युटर शिक्षा प्रदान गरिरहेको क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहीबार ११:५६

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको