पूर्व मन्त्री स्व. सूर्यमान गुरुङको परिवारद्वारा गुम्बालाई एक लाख २५ हजार सहयोग  



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ मा अवस्थित श्री निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई एक लाख २५ हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ । पूर्व मन्त्री स्व. सुर्यमान गुरुङको परिवारले बुद्ध जयन्तीको अवसरमा बुद्धको मुर्ती सहित नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

गुम्बाको पुनः निर्माणमा रकम खर्च गर्ने गरि श्रम तथा रोजगार र सामान्य प्रशासन मन्त्री स्वर्गीय गुरुङका श्रीमती र छोराछोरीले अध्यक्ष भरत कुमार गुरुङलाई रकम उपलब्ध गराएका छन् । बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमको सम्पूर्ण खर्च समेत परिवारले उपलब्ध गराएको गुम्बाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

स्व। गुरुङ २०६४ को संविधानसभा सदस्यमा ताप्लेजुङ क्षेत्र नं. १ बाट निर्वाचित र २०७० मा संविधानसभामा समानुपातिक सूचीबाट संविधानसभा सदस्य चुनिएका थिए । प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व। गुरुङले जिल्ला विकास समितिको सभापति र नेपाली काँग्रेस पाटी ताप्लेजुङको सभापतिको समेत जिम्मेवारी सम्हालेका थिए । उहाँको २०८१ साल वैशाख २५ गते काठमाडौँमा निधन भएको थियो ।

गुम्बाद्वारा आयोजित कार्यक्रम जिल्लाका स्रष्टाले साहित्य रचना समेत वाचन गरेका थिए । लेकाली कान्छा मुक्कुम, प्रजिन हाङवाङ,खगेन्द्र कार्की, होम प्रसाद दाहाल, भरत कुमार गुरुङ, लिला आशु, सन्देश कालीकोटे, विनिता लिम्बू लगायतका सर्जकले कविता वाचन गरेका थिए । कार्यक्रममा बौद्ध धर्मावलम्बी लगायत विभिन्न धर्मावलम्बीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : 12:32 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई