मानव अधिकार शिक्षा समाज ताप्लेजुङको संयोजकमा खिम्दिङ



ताप्लेजुङ । नेपाल मानव अधिकार शिक्षा समाज ताप्लेजुङको संयोजक अर्जुन खिम्दिङ चयन हुनुभएको छ । सोमबार फुङलिङमा सम्पन्न एक दिने मानव अधिकार शिक्षा कार्यक्रमका बिच खिम्दिङ संयोजकमा चयन हुनुभएको हो । 

पाथीभरा बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका खिम्दिङ हाल नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङका उपसभापति हुनुहुन्छ । यस्तै उक्त कार्यक्रममा समाजका महासचिव डा. गोविन्द ढकालले मानव अधिकार र कानुनका बारेमा प्रष्ट पार्नु भएको थियो । 

कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष डम्बर हाङ्गाम, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, फुङलिङ नगरपालिका वडा नं. ४ का अध्यक्ष दुर्गा पालुङ्वा, वडा नं. ५ का वडा अध्यक्ष सोजित श्रेष्ठ,  प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतम, पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, सञ्चारकर्मी, विद्यार्थी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 5:50 pm

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ