मानव अधिकार शिक्षा समाज ताप्लेजुङको संयोजकमा खिम्दिङ



ताप्लेजुङ । नेपाल मानव अधिकार शिक्षा समाज ताप्लेजुङको संयोजक अर्जुन खिम्दिङ चयन हुनुभएको छ । सोमबार फुङलिङमा सम्पन्न एक दिने मानव अधिकार शिक्षा कार्यक्रमका बिच खिम्दिङ संयोजकमा चयन हुनुभएको हो । 

पाथीभरा बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका खिम्दिङ हाल नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङका उपसभापति हुनुहुन्छ । यस्तै उक्त कार्यक्रममा समाजका महासचिव डा. गोविन्द ढकालले मानव अधिकार र कानुनका बारेमा प्रष्ट पार्नु भएको थियो । 

कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष डम्बर हाङ्गाम, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, फुङलिङ नगरपालिका वडा नं. ४ का अध्यक्ष दुर्गा पालुङ्वा, वडा नं. ५ का वडा अध्यक्ष सोजित श्रेष्ठ,  प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतम, पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, सञ्चारकर्मी, विद्यार्थी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 5:50 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित