कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई चार विधाको तालिम



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न चार विधाको तालिम प्रदान गरिएको छ । गाउँपालिका स्थिति नाङ्खोल्याङमा रहेको उक्त विद्यालयका विद्यार्थीहरूलाई अतिरिक्त सीप सिकाउने उद्देश्यका साथ सिलाई कटाई, कम्प्युटर कक्षा, ब्यटि पार्लर र हाउस वायरिंग सम्बन्धी तालिम प्रदान गरिएको हो । 

जसमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई कम्प्युटर कक्षा र सिलाई कटाई, ब्युटी पार्लर र हाउस वायरिंग सम्बन्धी तालिम भने कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई प्रदान गरिएको छ । कालिका माध्यमिक विद्यालयको आयोजना सम्पन्न भएको तालिमलाई पाथिभरा याङवरक गाउँपालिकाले आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष केशर सुब्बाले बताउनुभयो ।

उहाँका अनुसार पालिकाको स्वीकृत बजेट मार्फतको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम अन्तरगत विनियोजित पाँच लाख रुपियाँ विद्यालयलाई सहयोग गरिएको हो । पढाईको मुख्यरूप नै सिकाइ भएकोले पालिका यस्तो कार्यमा सधैँ अग्रसर रहने उहाँको भनाई छ । 

तालिको प्राविधिक सहयोग भने घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले गरेको हो । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १२:१५

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको