कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई चार विधाको तालिम



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न चार विधाको तालिम प्रदान गरिएको छ । गाउँपालिका स्थिति नाङ्खोल्याङमा रहेको उक्त विद्यालयका विद्यार्थीहरूलाई अतिरिक्त सीप सिकाउने उद्देश्यका साथ सिलाई कटाई, कम्प्युटर कक्षा, ब्यटि पार्लर र हाउस वायरिंग सम्बन्धी तालिम प्रदान गरिएको हो । 

जसमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई कम्प्युटर कक्षा र सिलाई कटाई, ब्युटी पार्लर र हाउस वायरिंग सम्बन्धी तालिम भने कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई प्रदान गरिएको छ । कालिका माध्यमिक विद्यालयको आयोजना सम्पन्न भएको तालिमलाई पाथिभरा याङवरक गाउँपालिकाले आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष केशर सुब्बाले बताउनुभयो ।

उहाँका अनुसार पालिकाको स्वीकृत बजेट मार्फतको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम अन्तरगत विनियोजित पाँच लाख रुपियाँ विद्यालयलाई सहयोग गरिएको हो । पढाईको मुख्यरूप नै सिकाइ भएकोले पालिका यस्तो कार्यमा सधैँ अग्रसर रहने उहाँको भनाई छ । 

तालिको प्राविधिक सहयोग भने घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले गरेको हो । 

प्रकाशित मिति : 12:15 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन