फुङलिङ नगरपालिकाकाद्वारा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान




ताप्लेजुङ।
फुङलिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने दुई जना विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ । नगरपालिकाले गत शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई ल्यापटप एक९एक थान प्रदान गरेको हो ।

नगरपालिकाले भानु जन माध्यमिक विद्यालयका प्रतिमा पुरी र राजीव रनपाललाई ल्यापटप प्रदान गरि सम्मान गरिएको फुङ्लिङ नगरपालिकाका उप प्रमुख भिमादेवी ओझाले बताउनुभयो । परीक्षामा पुरीले ३.६७ जिपिए र रनपालले ३.६१ जिपिए ल्याउनु भएको थियो ।

नगरप्रमुख अमिर मादेन, उप प्रमुख ओझा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको उपस्थितिमा  उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रमाण पत्र र ल्यापटप प्रदान गरि सम्ममा गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : 6:25 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी