फुङलिङ नगरपालिकाले दियो अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री प्रदान गरेको छ। नगरपालिकाले बुधबार चार वटा वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री प्रदान गरेको हो।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि वडा नं. ४, ५, ६ र ७ का १९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई शौचालय कुर्सी, बैशाखी र श्रवण यन्त्र सहितका साहयता सामग्री प्रदान गरिएको छ।

कोशी प्रदेश सरकार, करुणा फाउण्डेसन र नगरपालिकाको संयुक्त प्रयासमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरिएको गरिएको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमका सहजकर्ता प्रिसा बस्नेतले बताउनुभयो।

अपाङ्गता भएका व्यक्तिहरूलाई नगरप्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा, फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वाले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो। नगरपालिका क्षेत्रमा ४ सय ९७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्। त्यसमध्ये १ सय ७६ जनालाई सहायता सामाग्री प्रदान गर्नुपर्ने गरी पहिचान भएको छ।

यस्तै बिहीबार पालिकाको वडा नं. १, २ र ३ मा सहायता सामग्री हस्तान्तरणको कार्यक्रम राखिएको कार्यक्रम सहजकर्ता बस्नेतले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार ०५:५६

मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर

ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड

रेडियो काबेलीताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

जेनजी प्रदर्शन : कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट

फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा

रेडियो काबेलीताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको