शेर्पा सङ्घ ताप्लेजुङको तीन पालिकामा नेतृत्व चयन



ताप्लेजुङ । ताप्लेजुङको तीन वटा गाउँपालिकामा नेपाल शेर्पा सङ्घको नयाँ नेतृत्व चयन भएको छ । मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा नेतृत्व चयन भएको हो ।

शनिबार भएको तेस्रो अधिवेशनले मेरिङदेन गाउँपालिकामा पेम्बा शेर्पाको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षद्वयमा पासाङ शेर्पा र हिसिला शेर्पा, सचिव दावा नावा शेर्पा, सहसचिव तेन्जीङ शेर्पा र कोषाध्यक्षमा मिङमा शेर्पा चयन हुनुभएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा निमा शेर्पा चयन हुनुभएको छ । उपाध्यक्षमा पासाङ डोमा शेर्पा, सचिवमा राम शेर्पा सहसचिवमा पेम्बा शेर्पा र कोषाध्यक्षमा लाक्पा दिकी शेर्पा चयन हुनुभएको हो ।

साथै आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा रोशन शेर्पा चयन हुनुभएको छ । सचिवमा कुमारी शेर्पा, कोषाध्यक्षमा माया देवी शेर्पा चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा फुर्वा शेर्पा, मोहन कुमार शेर्पा, धनमाया शेर्पा र छेकी शेर्पा चयन हुनुभएको छ ।

तीन वटै गाउँपालिकाले अधिवेशन मार्फत शनिबार नयाँ नेतृत्व चयन गरेको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार १२:१८

शेर्पा सङ्घ ताप्लेजुङको तीन पालिकामा नेतृत्व चयन

ताप्लेजुङ । ताप्लेजुङको तीन वटा गाउँपालिकामा नेपाल शेर्पा सङ्घको नयाँ

फुङ्लिङ नगरपालिकामा सामी कार्यक्रम सुरु

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा

फुङलिङ नगरपालिका ६ मा भाषणकला तालिम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ६ मा बैशाख

बिशाल सेजुवाल बने पाथीभरा याङवरकको चैत्र महिनाको उत्कृष्ट कर्मचारी

रेडियो काबेलीताप्लेजुङ । बिशाल सेजुवाल पाथीभरा याङवरक गाउँपालिकाको चैत्र महिनाको

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरमा पहिलो पटक साइक्लिङ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो र नेपालको दोस्रो