विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरमा पहिलो पटक साइक्लिङ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर क्षेत्रमा पहिलो पटक साईक्लिङ गरिएको छ । हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न वैशाख १३ गते देखी १५ गते सम्म सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्घा पर्यटन महोत्वसव २०८२ को अवसरमा साईक्लिङ गरिएको हो ।


धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाले नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङको सम्मको पैदलमार्गमा साइक्लिङ गरेका छन् । उक्त क्षेत्र हिमालको दक्षिणी आधार शिविर क्षेत्र हो ।


कञ्चनजङ्घा हिमालको भ्यू पोइन्ट मानिएको करिब चार हजार आठ सय मिटर उचाइमा अवस्थित ओक्ताङदेखि पुन नयाँ थुङगिमसम्मको पदमार्गमा साइक्लिङ गरेका हुन् । साईक्लिङ गरेका राईडरहरुसँग सुझाब माग गरि सोही सुझाब अनुसार आगामी दिनमा उक्त क्षेत्रमा साईक्लिङ प्रतिस्पर्धा गर्ने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 4:32 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा