ताप्लेजुङको सिरीजङ्घामा भएको चौँरी प्रतियोगितामा राजेश गुरुङको ‘मिक्टा’ प्रथम




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको चौँरी प्रतियोगितामा राजेश गुरुङको मिक्टा चौँरी प्रथम भएको छ । पालिकाले चौँरीको प्रवद्र्धन गर्नका लागि आयोजना गरेको चौँरी प्रतियोगितामा गुरुङको मिक्टा चौँरीले प्रथम हुँदै उपाधी चुमेको हो । विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रचार प्रसारका लागि आयोजित ३ दिने सिरीजङ्घा पर्यटन महोत्सवमा १७ जना कृषकमध्ये गुरुङको चौँरी उत्कृष्ट भएको पर्यटन महोत्सवका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबोले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट कृषक बन्नु भएका गुरुङलाई २८ हजार पाँचसय ८६ रुपैँया पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै प्रतियोगितामा दावा शेर्पाले पाल्नु भएको ‘पागे’, द्धितिय र मिलन अधिकारीले पाल्नु भएको ‘ग्याङसा’ नामक चौँरी तृतिय भएको छ । उहाँहरुलाई समान आठ हजार पाँचसय ८६ रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको संयोजक माबोले बताउनुभयो ।
प्रतिष्पर्धामा सहभागी गराइएको चौँरीको शरीरको मोटाइ, सिङ, पुच्छर, आनीबानीलगायतका विधिमार्फत उत्कृष्ट चौँरी छनोट गरिएको गाउँपालिकाले बताएको छ । पालिकाका अनुसार घट्दोक्रममा रहेको चौँरी पेशालाई संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएक कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले प्रतियोगिताको अवलोकनपछि चौँरी प्रवद्र्धनका लागि प्रदेश सरकारमार्फत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो पेशाप्रति स्थानीय सरकारको समेत चासो बढेकाले कृषकले राहत महसुस गरेको कृषकले बताएका छन् ।

प्रकाशित मिति : 11:56 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम