ताप्लेजुङको सिरीजङ्घामा भएको चौँरी प्रतियोगितामा राजेश गुरुङको ‘मिक्टा’ प्रथम




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको चौँरी प्रतियोगितामा राजेश गुरुङको मिक्टा चौँरी प्रथम भएको छ । पालिकाले चौँरीको प्रवद्र्धन गर्नका लागि आयोजना गरेको चौँरी प्रतियोगितामा गुरुङको मिक्टा चौँरीले प्रथम हुँदै उपाधी चुमेको हो । विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रचार प्रसारका लागि आयोजित ३ दिने सिरीजङ्घा पर्यटन महोत्सवमा १७ जना कृषकमध्ये गुरुङको चौँरी उत्कृष्ट भएको पर्यटन महोत्सवका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबोले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट कृषक बन्नु भएका गुरुङलाई २८ हजार पाँचसय ८६ रुपैँया पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै प्रतियोगितामा दावा शेर्पाले पाल्नु भएको ‘पागे’, द्धितिय र मिलन अधिकारीले पाल्नु भएको ‘ग्याङसा’ नामक चौँरी तृतिय भएको छ । उहाँहरुलाई समान आठ हजार पाँचसय ८६ रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको संयोजक माबोले बताउनुभयो ।
प्रतिष्पर्धामा सहभागी गराइएको चौँरीको शरीरको मोटाइ, सिङ, पुच्छर, आनीबानीलगायतका विधिमार्फत उत्कृष्ट चौँरी छनोट गरिएको गाउँपालिकाले बताएको छ । पालिकाका अनुसार घट्दोक्रममा रहेको चौँरी पेशालाई संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएक कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले प्रतियोगिताको अवलोकनपछि चौँरी प्रवद्र्धनका लागि प्रदेश सरकारमार्फत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो पेशाप्रति स्थानीय सरकारको समेत चासो बढेकाले कृषकले राहत महसुस गरेको कृषकले बताएका छन् ।

प्रकाशित मिति : 11:56 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि