कञ्चनजङ्घा साहसिक हाफ म्याराथनको उपाधी अर्जुन कुलुङलाई




रेडियो काबेली
ताप्लेजुङ । कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङले चुम्नु भएको छ । उहाँले निर्धारित दुरी दुई घण्टा ६ मिनेट २५ सेकेन्डमा पुरा गर्दै कुलुङले उपााधी चुम्नु भएको हो । उपाधी सँगै उहाँले २ लाख ८ हजार ५ सय ८६ रुपैँया सहित प्रमाणपत्र प्राप्त गर्नुभएको सहकर्मी साहारा लिम्बुले जानकारी दिनुभयो ।


यस्तै निर्धारित दुरी २ घण्टा ६ मिनेट ४६ सेकेन्डमा पुरा गर्दै जुम्लाका धिरज बहादुर बुुढा मगर द्धितिय बन्नु भएको छ । उहाँले १ लाख ८ हजार ५ सय ८६ रुपैँया सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । निर्धारित दुरी दुई घण्टा दश मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिया बन्नु भएको छ । लिम्बुले ५८ हजार ५ सय ८६ रुपैँया सहित प्रमाण पत्र प्राप्त गर्नुभयो ।

प्रतियोगीतामा चौँथो देखि दशौं स्थानसम्म आइपुग्ने धाबकलाई नगद ८ हजार ५ सय ८६ रुपैँया सहित प्रमाण पत्र प्रदान गारिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पालिका उपाध्यक्ष डाक्टर चित्र कुमार माबोले जानकारी दिनुभयो । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनङ्घा हिमालमा पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले गत १३ गतेदेखी महोत्सव गरेको हो भने उक्त महोत्सवमा सोमबार (आज) म्याराथन प्रतियोगिता गरिएको हो । प्रतियोगिता गाउँपालिकाको वडा नं. ८ याम्फुदिनस्थित नयाँ झोरेनी देखी दुण्डु डाँडा सम्म गरिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १८:३९

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा