मैवाखोलामा दलित शसक्तीकरणका लागि वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम सुरु




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँपालिकामा दलित शसक्तीकरणका लागि अक्षय कोष सञ्चालनको लागि वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम सुरु भएको छ । शुक्रबार वडा नं. १ बाट सुरु भएको वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम शनिबार वडा नं. २ मा सम्पन्न भएको छ ।


सुझाव संकलन पछि उक्त अक्षय कोषबाट दलित लक्षित सिपमुलक एवं चेतनामूलक कार्यक्रम जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग, निरक्षर व्यक्तिहरूको तथ्याङ्क संकलन गरी साक्षर बनाउने कार्य गरिने पालिकाले जनाएको छ ।
त्यस्तै दलित समुदायको परम्परागत सीप र संस्कृतिको जगेर्ना, विपन्न दलित समुदायलाई आवास, खानेपानी, चर्पी, गोठ सुधार लगायत पूर्वाधार निर्माणमा सहयोग, दलित समुदायलाई आर्थिक रुपमा जीवनस्तर उकास्ने खालका स्वरोजगार सम्बन्धी कार्यक्रम, सञ्चालन गरिनेछ । वडा स्तरीय समुह गठन तथा सुझाव संकलन कार्यक्रम ६ वटै वडा सञ्चालन गरिनेछ ।


गत आर्थिक वर्षमा गाउँपालिकाले अध्यक्ष कोषमा १० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो भने चालू आवमा पनि १० लाख रुपियाँ नै बजेट विनियोजन गरेको छ । दलित समुदायकै माग र सुझाव समेतका आधारमा कोषको बजेट सञ्चालन गरिने पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:41 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी